Rule 6
निरीक्षकको काम, कर्तव्य
अतिरिक्त हुलाकको सम्बन्धमा निरीक्षकको काम, कर्तव्य देहाय बमोजिम हुनेछः–
(क) जिल्लामा रहेको अतिरिक्त हुलाकहरू साधारणतया ६ महिनामा एकपटक निरीक्षण गर्ने,
(ख) निरीक्षकको प्रतिवेदन जिल्ला हुलाकमा पेश गरी त्यसको एक प्रति क्षेत्रीय हुलाक निर्देशनालयमा पठाउने,
(ग) निरीक्षणको सिलसिलामा अतिरिक्त हुलाकलाई परेको समस्या समाधान गर्न आवश्यक सहयोग गर्ने ।